शनिबार भर्जिनियामा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम हुँदै
भर्जिनिया। अमेरिकी समय अनुसार शनिबार भर्जिनियाको मनासस्मा रहेकाे साल्सबेरी सेन्टरमा ‘अब नाच्छ अमेरिका’ कार्यक्रम आयाेजना हुने भएकाे छ।
फ्लाई नेपाको अमेरिका टूर कार्यक्रम भर्जिनियामा हुने भएकाे हाे। कार्यक्रममा एक हजार बढी दर्शन सहभागी हुने आयाेजकले अनुमान गरेकाे छ। नेपालीहरूकाे बाहुल्यता रहेकाे भर्जिनियामा कार्यक्रम सफल हुने आयाेजकले अपेक्षा गरेकाे छ।
कार्यक्रममा चर्चित गायिकाहरू शान्तिश्री परियार, रचना रिमाल, ज्योति मगर र करिश्मा ढकालले प्रस्तुती दिनेछन्। अरेडी काँडैले, गलबन्धी च्यातियो तिम्ले तानेर, लौन नि भैया जस्ता दर्जनौं सुपर हिट गीत गाएकी शान्तिश्री, तथा रचना रिमालको सांगितिक प्रस्तुतप् भव्य बनाउने तयारीमा आयोजक जुटेका छन्।
कार्यक्रममा खाना, पेय पदार्थदेखि नेपाली पोशाकहरुको स्टल पनि रहने छ। कार्यक्रममा धेरैको सहभागिता होस् भनेर पहिले राखिएको टिकटको मुल्यबाट घटाएर अनलाईनमा $ २० राखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment