सुनको मूल्य अहिलेसम्मकै उच्च

डिसी नेपाल
३० भदौ २०८१ १०:४५
172
Shares

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो।

यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *