प्रधानमन्त्री ओलीसँग रोमानियाका राजदूतको बिदाई भेट

डिसी नेपाल
३० भदौ २०८१ १६:०२
204
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि  रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाई भेट गरेकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यकाल पूरा गरी आपसी सम्बन्धमा योगदान दिएकामा राजदूतलाई धन्यवाद दिए।

भेटमा दुई पक्षीय हितका विविध विषय तथा सहयोग आदानप्रदानबारे छलफल भएको थियो । यस्तै दुवै देशमा आ आफ्ना दूतावास खोल्न प्रस्ताव भएको थियो। भेटका अवसरमा नेपालका लागि रोमानियाका मानार्थ वाणिज्य दूत नारायण बजाज, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *