काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको आठ महिनामै सरुवा

डिसी नेपाल
३० भदौ २०८१ १९:३०
3.0k
Shares

काठमाडौं। सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सरुवा गरेको छ।

सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो। गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो।

परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ। काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको करिब आठ महिनामा नै परियारको सरुवा गरिएको छ। परियार गत माघमा महानगरमा आएका थिए।

परियारको सरुवा भएसँगै काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *