जिरोनामाथि बार्सिलोनाको शानदार जित, यमलको दुई गोल

डिसी नेपाल
३१ भदौ २०८१ ७:५०
48
Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले जिरोनामाथि शानदार जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा लामिन यमलले २ गोल गरेका थिए। त्यस्तै डानी ओल्मो र पेड्रीले एक एक गोल गरेका थिए। त्यसैगरी जिरोनाका लागि क्रिस्टियन स्टुआनीले एक गोल गरेका थिए।

यस खेलमा खेलको ८६औँ मिनेटमा फेरान टोरेजले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो।

यो जितपछि बार्सिलोनाले ला लिगामा लगातार पाँचौं जित हासिल गरेको छ। बार्सिलोनाको ५ खेलमा १५ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ। त्यसैगरी जिरोनाको ५ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *