विश्वकप लिग-२ः नेपालले पहिला फिल्डिङ गर्दै
काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले आयोजक क्यानडाविरुद्ध खेल्दैछ।
ओन्टारियोस्थित किंग सिटी स्टेडियम हुने खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपालकाे प्लेइङ ११ मा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी रहेका छन् ।
नेपालले लिग-२ मा अहिलेसम्म ४ खेल खेलेको छ। जसमा एक जित हासिल गरेको छ भने ३ खेल हार बेहोरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment