गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त

डिसी नेपाल
१ असोज २०८१ ९:५८
4
Shares

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा अनिल रेग्मी नियुक्त भएका छन्। आज बसेको बैंकको सञ्चालक समितिको बैठकले बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

गरिमा विकास बैंकमा विगत २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत चार्टड एकाउन्टेन्ट रेग्मीलाई भोलि असोज १ गतेदेखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरको हो।

नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत रेग्मीले विंसं. २०८० चैत १५ गतेदेखि विकास बैंकको कम्पनी सचिवको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेन्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ क्षेत्रको व्यवस्थापन तहमा रही करिब १३ वर्ष कार्य गरको अनुभव रहेको छ।

बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रहेका रेग्मीसँग बैंकिङलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुको लेखापरीक्षण कार्य गरको अनुभवसमेत रहेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *