प्रधानमन्त्री ओलीसँग तीन देशका प्रधानमन्त्रीको भेट

डिसी नेपाल
१० असोज २०८१ २३:१२
40
Shares

न्युयोर्क। संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पाकिस्तानका प्रधानमन्त्री सेहबेज शरिफको भेटवार्ता भएको छ।

यस्तै आजै प्रधानमन्त्री ओलीले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँग पनि भेटवार्ता गरेका छन्।

बिहिबार नै प्रधानमन्त्री ओलीसँग जनगणतन्त्र लाओसका प्रधानमन्त्री सेनोक्साइ सिफानदोनबीच भेटवार्ता भएको छ।

राष्ट्रसंघको मुृख्यालयमा भएको भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *