राहत र पुनर्निर्माणमा विशेष पहल लिन माग गर्दै सांसद श्रेष्ठले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
काठमाडौं। असाेज ११ र १२ गते गएको बाढी तथा पहिरोबाट पीडित नागरिकहरुको उद्धार, राहत तथा पुनर्निर्माणका लागि छिटो काम गर्न बागमतीका सांसद गंगानारायण श्रेष्ठले मुख्यमन्त्री बहादुर सिंह लामालाई ध्यानाकर्षण गराएका छन्।
श्रेष्ठले बाढी-पहिरोबाट मानवीय साथै भौतिक क्षति धेरै भएकाले तत्काल राहत तथा पुनर्निर्माण गर्न माग गर्दै पाँच बुँदे ध्यानाकर्षपत्र मुख्यमन्त्रीलाई बुझाएका हुन्। उनले अप्ठ्यारो परिस्थितिमा विद्यमान कानुभन्दा माथि उठेर राहत तथा पुनर्निर्माणमा काम गर्न मुख्यमन्त्रीलाई सुझाव दिएका छन्।
उनले तीनै तहको समन्वयमा छिटो राहत तथा पुनर्निर्माणमा काम गर्न ध्यानाकर्षण गराएका हुन्। पाँच बुँदे ध्यानाकर्षण बुझाएका श्रेष्ठले कमजोर ठाउँका बस्तीको स्थान्तरणदेखि सडक सुचारु तथा बालीनाली सखाप भएका नागरिकलाई राहत उपलब्ध गराउन बागमती सरकारले विशेष पहल गर्नुपर्ने बताएका छन्।

No ads found for this position


डिसी नेपाल
Facebook Comment