सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान

डिसी नेपाल
१५ असोज २०८१ १०:५१
60
Shares

काठमाडौं। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस गरिएका दुईजना न्यायाधीशहरूको उजुरी आह्वान गरेको छ।

मंगलबार समितिले सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस नृपध्वज निरौला र नित्यानन्द पाण्डेका लागि उजुरी आह्वान गरेको हो।

न्यायाधीश पदमा सिफारिस गरिएका व्यक्तिहरू नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं प्रमाणसहित १० दिनभित्र कार्यालय समयमा जिल्ला प्रशासन कार्यालय वा सचिवालयमा उजुरी दिन सक्ने समितिले जनाएको छ।

सिफारिस गरिएका निरौला उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन् भने पाण्डे उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *