प्रधानमन्त्री ओलीले गरे क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन

डिसी नेपाल
१५ असोज २०८१ १६:२८
236
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले) को च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हालैको बाढीबाट भएको क्षतिको स्थलगत अवलोकन गरेका छन्।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आज सिंहदबारमा सो दलको संसदीय दलको बैठकपछि पार्टी केन्द्रीय कार्यालय पुगेर अवलोकन गरेका हुन्।

अविरल वर्षा र बाढीका कारण सो दलको भुँइ तलमा पूर्णत स् डुबान भएको छ भने परिसर हिलाम्मे भएको छ। बाढीका कारण उक्त तलमा रहेका उपकरण र महत्वपूर्ण सामग्री ध्वस्त भएको छ । दलको कार्यालयमा अहिले सरसफाइको क्रम सुरु गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *