बाढी पहिरोमा मृत्यु हुनेको संख्या २३२ पुग्यो
काठमाडौं। केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २३२ जनाको मृत्यु भएको छ भने २३ जना बेपत्ता छन्।
प्रहरीका अनुसार प्राकृतिक विपद्मा १६५ जना घाइते रहेका छन्। अहिलेसम्म बाढी, पहिरोमा १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
साथै प्रहरीले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेकाले सडक खुलाउने प्रयास भईरहेको हुदा लामो यात्रमा निस्किनु अघि सम्बन्धि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर निस्किन आग्रह गरेको छ।
साथै सरकारले बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment