सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं। बिहीबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। आज चाँदीको मुल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment