ऊर्जा क्षेत्रमा सहकार्य बढाउने विषयमा बंगलादेशकी मन्त्री हसनको प्रधानमन्त्री ओलीसँग भेट

डिसी नेपाल
१७ असोज २०८१ १३:१३
328
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेकी बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटका अवसरमा नेपाल र बंगलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ ।

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *