धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जना उम्मेदवारको आज अन्तर्वार्ता हुँदै

डिसी नेपाल
१८ असोज २०८१ १०:३४
132
Shares

काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तर्वार्ता आज हुँदै छ।

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता आज गर्दै छ।

आज अर्थ मन्त्रालयमा कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईँ र डा. नवराज अधिकारीसँग उनीहरुको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता हुने समितिले जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *