रवि लामिछानेलाई मुग्लिनमा सहकारी पीडितले देखाए कालोझण्डा

डिसी नेपाल
१८ असोज २०८१ १९:३०
500
Shares

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मुग्लिनमा कालोझण्डा देखाईको छ।

आफ्नो निर्वाचन क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन पुगेका लामिछानेलाई सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्।

लामिछानेले सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाउदै नाराबाजी गरेका थिए। नाराबाजी हुँदै गर्दा प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्य तर्फ पठाएको बताएको छ।

लामिछानेले सहकारीबाट गोरखा मिडियामा गएको रकमको दुरुपयोग गरेको संसदीय छानबिन विशेष समितिले दोषी ठहर गरेको छ। लामिछानेले आजको सार्वजनिक सुनुवाईमा आफूले सहकारी ठगी नगरेको दोहोर्‍याएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *