ऊर्जामन्त्री खड्काको सक्रियतामा मन्त्रालयको फोहर व्यवस्थापन

डिसी नेपाल
१८ असोज २०८१ २३:३९
64
Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मन्त्रालयको फोहर व्यवस्थापनमा खटिएका छन्। उनले शुक्रबार मन्त्रालय परिसरभित्र सरसफाइ गर्दै कर्मचारीलाई समेत हौसला प्रदान गरे। सरसफाइ गर्ने क्रममा मन्त्रालय, मन्त्रालयअन्तर्गत रहेका सबै कार्यालयलाई सफा उनले राख्न आग्रह गरे।

मन्त्री खड्काले पुराना प्रयोगमा नआएका सवारीसाधनलाई कानुनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन पनि कर्मचारीलाई निर्देशन दिए। आज सरसफाइको सुरुआत गरिए पनि यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले स्वस्थ हुन सबैले सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए। ‘भोलिका दिनमा मन्त्रालय स्वच्छ र सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ’, उनले भने।

मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाइले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि यसले निरन्तरता पाउने प्रतिबद्धता व्यक्त गरे। उनले मन्त्रालय मात्र नभई देशभरका मन्त्रालयअन्तर्गतका कार्यालयमा पनि सरसफाइलाई प्राथमिकता दिएर योजनाबद्ध रुपमा अगाडि बढ्ने उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *