झलनाथ खनालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

डिसी नेपाल
१९ असोज २०८१ १८:०९
600
Shares

काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।

शनिबार काठमाडौंको बल्खुमा बाढीपीडितलाई खाद्यान्न वितरण कार्यक्रममा खनालले सरकारले प्राकृतिक विपत्तीको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै वर्तमान सरकारले राजीनामा दिनुपर्ने बताए।

उनले अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गनुपर्ने जिकिर गरे। अहिलेको सरकार पूर्णरुपमा फेला भएकाले विपक्षीमा रहेका दलहरु अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ।

खनालले मौसमविद्हरुले ठूलो वर्षा हुनसक्ने जानकारी गराउँदा पनि त्यसको तयारी सरकारले बेलैमा राम्रो ढंगले गर्न नसक्दा ठूलो धनजनको क्षति भएको भएको जिकिर गरे।

उनले सरकारले गरेको लापरवाहीको कारण जनता समस्यामा परेको उल्लेख गरे। उनले प्राकृतिक विपदपछि पार्टीको सम्पूर्ण जनशक्ति जनतामा केन्द्रीत गरेको बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *