जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

डिसी नेपाल
२२ असोज २०८१ १३:१९
20
Shares

काठमाडौं । जनमत पार्टीका सचिव बीपी साह सहित सात जनाको निलम्बन फुकुवा भएको छ ।

पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए । त्यो अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको छ ।

अनुशासन समितिको सिफारिसमा जनमतको केन्द्रीय समितिले केन्द्रीय सचिव बीपी साहसहित, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादवलाई निलम्बन गरेको थियो ।

नेताहरूका अनुसार जिल्ला अधिवेशनका क्रममा खेलेको भूमिकाका कारण उनीहरू निलम्बनमा परेका थिए ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *