दशैंमा फोन अफ नगर्न खानेपानीमन्त्रीको कर्मचारीलाई निर्देशन

डिसी नेपाल
२३ असोज २०८१ १४:२२
28
Shares

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले दसैं लगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनै पनि कर्मचारीले आफूसँग भएको मोवाईल फोन अफ नगर्न निर्देशन दिएका छन्।

बुधबार मन्त्रालयमा आयोजना गरिएको वडा दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री यादवले काठमाडौं उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफुसँग भएको मोवाईल अफ नगर्न निर्देशन दिएका हुन्।

उनले भने, ‘हामी जनताका सेवक हौँ, मानिसलाई पानी नभई नहुँने चिज हो। चाडपर्वका बेला पानीका विषयमा समस्या आउन सक्छन्, मोवाइल अफ नगर्नु होला।’

मन्त्री यादवले अहिले विपद्को समय भएकाले थप समस्या आउन सक्छने तर्फ ध्यान दिँदै नागरिकका समस्यालाई समाधान गर्न तर्फ लाग्नु पर्ने भएको हुँदा सबै राष्ट्र सेवक कर्मचारीहरु नागरिकका सेवामा अग्रसर रहन समेत आग्रह गरेका थिए।

मन्त्री यादवले भने, ‘विपद्को समयमा पनि हामीले विभिन्न परिस्थितीको सामना गर्दै काठमाडौंमा पानी ल्याउन सफल भएका छौं। यो हामी सबैको ठूलो उपलब्धिको विषय हो। जसरी पानी ल्याउन सफल भयौं, त्यसैगरी नागरिकलाई पानी खुवाउन सफल बनौं।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *