विश्व बैंकले २० अर्ब ऋण सहयोग दिने

डिसी नेपाल
२३ असोज २०८१ १५:४८
72
Shares

काठमाडौं। बाढीपहिरो पीडितका लागि विश्व बैंकले करिब २० अर्ब रुपैयाँ अर्थात् १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको छ।

विश्व बैंकको सञ्चालक समितिले ऋण सहयोगलाई स्वीकृति दिने निर्णय गरेको नेपालस्थित विश्वबैंकको कार्यालयले जानकारी दिएको छ।

विश्वबैंकले जारी गरेको विज्ञप्तिमा बाढी-पहिरोले पुर्‍याएको क्षतिको पुनर्निर्माण, बस्ती व्यवस्थापन तथा पीडितको राहतका लागि तत्कालका लागि ठूलो रकम चाहिने भएकाले उल्लिखित रकम ऋण सहयोग प्रदान गर्ने निर्णय भएको उल्लेख छ।

नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले नेपालले प्राकृतिक मौसम परिर्वतनको कारण आएको प्रभाव र जटिल अवस्थाको सामना गर्न ऋण सहयोग लिन सक्ने बताउनुभएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *