सुनसरीको एक उद्योगमा आगलागी
इनरुवा। सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज आगलागी भएको छ। हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिए।
फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ। आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment