बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो
काठमाडौं। चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ। फाउण्डेशनको आयोजनामा बाजागाजासहित आज फूलपाती भित्र्याइएको हो।
गोरखा दरबारबाट हनुमान ढोकामा फूलपाती भित्र्याउने परम्परा रही आएको छ। सोही परम्परा अनुसार भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको हो।
तत्कालीन राजा पृथ्वीनारायण शाहको समयदेखिनै फुलपाती भित्र्याउने परम्परा रहिआएको छ। डोली पञ्चेबाजा र हातहतियारसहित भालेश्वर मन्दिर परिक्रमा गराई फूलपाती भित्र्याइएको हो।
उक्त कार्यक्रममा चन्द्रागिरी हिल्स लिमिटेटका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अरुण प्रधान, कम्पनीका मानव संशाधन तथा कम्पनी सचिव झलकराज शर्मा, भालेश्वर मन्दिरका मूल पुजारी बिदुर न्यौपाने, पुजारी विशाल आचार्यद्वारा विधिपूर्वक फूलपाती भित्र्याइएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment