पूर्वराष्ट्रपति भण्डारीद्वारा बडादसैँको शुभकामना
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी ले बडादसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन्।
बडादसैँका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उनले यस वर्ष दसैँको पूर्वसन्ध्यामा आइपरेको मनसुनजन्य प्राकृतिक विपद्का कारण उत्पन्न परिस्थितिले धेरैलाई यो दसैँ अलि असहज भएको छ बताएकी छिन्।
“यो दसैँ पर्वलाई हामीले आ–आफ्नो परिवेश,परिस्थिति र गच्छेअनुसार तडकभडकरहित,मितव्ययी,तर खुसियालीका साथ मनाउनु पर्दछ,” शुभकामना सन्देशमा भनेकी छिन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment