प्रधानन्यायाधीश क्वालालम्पुरमा

डिसी नेपाल
२५ असोज २०८१ १३:१०
64
Shares

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आजदेखि यही असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया–प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी भएका छन्।

मलेसियाको न्यायपालिका विभाग तथा एसिया–प्रशान्त कानुन सङ्गठनद्वारा संयुक्त रूपमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानन्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *