कुलमानको साटो गोपाल खड्कालाई ल्याउन चाहन्थे प्रचण्ड

जनार्दनको पहलले प्राधिकरणको नेतृत्व सम्हाल्न सफल

डिसी नेपाल
३० असोज २०८१ १०:०७
480
Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा सिन्धुली जिल्लाका इञ्चार्ज मनाेजजंग थापाले आफ्नाे फेसबुक स्टाटसमार्फत पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति कडा आलोचना गरेका छन्।

उनले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकमा कुलमान घिसिङको नियुक्ति सम्बन्धमा प्रचण्डले गरेको दाबीलाई झुटाे र पाखण्ड भनेका छन्।

थापाका अनुसार, प्रचण्डले आफ्नो कार्यकालमा सिन्धुलीको फिक्कलका खड्का थरका व्यक्तिलाई विद्युत प्राधिकरणको प्रमुख बनाउन चाहेका थिए, तर त्यसबेला उर्जा मन्त्री जनार्दन शर्माको पहलमा कुलमान घिसिङ नियुक्त भए।

खड्का भनेर उनले आयल निगमका  गाेपाल खड्कालाई संकेत गरेका हुन्। घिसिङको कार्यकालमा केही सुधारका कामहरू भए पनि त्यसको श्रेय घिसिङलाई आवश्यक वातावरण उपलब्ध गराउने मन्त्री जनार्दन शर्मालाई दिनुपर्ने थापाको तर्क छ।

उनले प्रचण्डले अहिले आफ्नो हकको भन्दा बढी श्रेय लिन खोजेको आरोप लगाउँदै उक्त भनाइलाई “आंशिक सत्यता र पूर्णत: झूट र पाखण्ड” भनेका छन्।

शर्माको मन्त्रीकालमा भएका प्रगति र निर्णयहरूको श्रेय प्रचण्डले लिने प्रयास गरेपछि, प्रतिवाद हुन थालेको हो।

माओवादी केन्द्रमा रहँदा प्रचण्डको निकट मानिने थापा नेकपा बनेपछि रामबहादुर थापा ‘बादल’ सँगै एमालेमा रहेका गरेका थिए। थापा आफ्नो स्पष्ट विचारका लागि परिचित छन् र उनी सस्तो प्रचारबाजीबाट टाढा रहने नेता मानिन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *