पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर लाग्नेछु : धवलशम्शेर राणा
काठमाडौं। क्यान्सरको उपचार गरेर स्वास्थ्यलाभ गरिरहेका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन्।
‘जटील रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ। देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमा जारी सन्देशमा भनेका छन्। ‘तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु।’
राप्रपा नेता राणालाई गिंजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा. सुल्तान प्रधानको टीमले सल्यक्रिया गरेको थियो। राणा अस्पतालबाट मंगलबार डिस्चार्ज भए भने केही दिन मुम्बई बसेर नेपाल फर्कने छन्।
‘म स्वास्थ्यलाभ गरी केही दिनमै नेपाल फर्कने जानकारी सम्पूर्ण शुभचिन्तकहरूमा गराउन चाहन्छु,’ उनले भने ।
‘भगवानको आशिर्वाद र तपाईंहरु सबैको प्रार्थनाले म अहिले पूर्ण रूपमा स्वस्थ्य हुँदैछु । अस्पतालबाट डिस्चार्ज भएको छु। अस्वस्थ्य भई अस्पतालमा उपचाररत भएको बेलामा देश–विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूबाट स्वास्थ्यलाभको शुभकामना प्राप्त भएको छ। तपाइँहरूको असीम माया, प्रेम र स्नेहको लागि हृदयदेखि सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गर्द्छु । तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु,’ राणाले भने ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment