सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
काठमाडौं। बिहीबार नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ। आज नेप्से २.४७ अंकले बढेर २७४५. ३६ विन्दुमा बन्द भएको छ।
आज कुल ३१६ कम्पनीका एक करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर किनबेच हुदा ७ अर्ब १९ करोड २७ लाख ९२ हजार बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा बढी गुडविल फाइनान्सको शेयर मूल्यमा ७.६३ प्रतिशतले बढेको छ भने अपार श्यांगे हाइड्रोको मुल्य सबैभन्दा बढी ५.१९ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबैभन्दा बढी कुमारी बैंकको ३३ करोड १३ लाख ९० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको १४ लाख ८ हजार ६२८ कित्ता शेयर कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment