बम्बई उच्च अदालतबाट छोटा राजनले जमानत पाए

डिसी नेपाल
७ कार्तिक २०८१ १५:२४
136
Shares

काठमाडौं । बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्याको मुद्दामा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनले जमानत पाएका छन् । यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ ।

छोटा राजन पत्रकार जे डे हत्याकाण्डमा सजाय काटिरहेकाले जेलबाट निस्कन गाह्रो छ ।

२०१८ मा, मुम्बईको एक विशेष अदालतले पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य आरोपी छोटा राजन सहित सबै नौ दोषीहरूलाई जन्मकैदको सजाय सुनाएको थियो।

मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे । ‘जे डे’ नामबाट पत्रिका लेख्ने ज्योतिर्मयको ११ जुन २०११ मा मुम्बईको उपनगर पवईमा गोली हानी हत्या गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *