सुनचाँदीको मूल्य घट्यो
काठमाडौं। पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ।
यसअघि बुधबार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment