निर्मल पुर्जाद्वारा सात महादेशका अग्ला हिमाल दुईपटक चढेर कीर्तिमान कायम (भिडियो)

डिसी नेपाल
९ कार्तिक २०८१ १३:०२
40
Shares

काठमाडौं। सात महादेशका अग्ला हिमालको चुचुरोमा दुईपटक चढेर कीर्तिमान कायम गरेका हिमाल आरोही निर्मल पुर्जालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको क्यास्टेर्न पिरामिडको सफल आरोहण गरेर शुक्रबार नेपाल फर्कनुभएका निर्मल पुर्जालाई बिभिन्न संघ संस्था लगाएत शुभेच्छुकले काठमाडौंमा भव्य स्वागत गरेका हुन् ।

पुर्जालाई त्रिभुवन बिमानस्थलबाट स्वागत र्याली सहित काठमाडौंको बौद्धमा पुराइएको थियो । बौद्धमा सञ्चारकर्मीसंग कुरा गर्दै हिमाल आरोही निर्मल पुर्जाले देशको नाम विश्वमा फैलाउन पाउँदा खुसी लागेको बताए।

उनले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोमा दुई पटक आरोहण गरेको र सातै महादेशका अग्ला हिमालको चुचुरोमा पनि पुग्ने आफु विश्वको पहिलो व्यक्ति हुन पाउदा गौरव महशुस भएको उहाले बताए।

उनले रेकर्डका लागि भन्दा पनि देशको नाम उचो बनाउनका लागि हिमाल आरोहण गरेको जिकिर गरे। पुर्जाले बर्षभर नै आफु बिभिन्न हिमालको आरोहणमा व्यस्त रहने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *