कांग्रेसको निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप

डिसी नेपाल
९ कार्तिक २०८१ १९:३०
104
Shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको कांग्रेस निर्माण व्यवसायी समन्वय विभागमा दश सदस्य थप गरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा दश सदस्यलाई आज मनोनयन गरेका हुन्।

मनोनितहरूमा रवि सिंह (काठमाडौं), आङदोर्जे लामा शेर्पा (रामेछाप), गोमाया खण्डलु (चितवन), केशर बुढाथोकी (उदयपुर), हीरा भगत (धनुषा), रमेश शर्मा (काठमाडौँ), खिमप्रकाश मल्ल (स्याङ्जा), टेकबहादुर खड्का (बाँके), यमबहादुर बिसी (सुर्खेत) र प्रकाशबहादुर सेठ्ठी (कैलाली)लाई रहनुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *