सुनको मूल्यमा नयाँ कीर्तिमान
काठमाडौं। सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ। सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको छ।
यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment