कांग्रेस र एमालेका नेताहरुमाथि प्रश्न उठे अनुसन्धानको दायरामा आउँछन् : बरिष्ठ उपाध्यक्ष पोखरेल
फाइल फाेटाे
काठमाडाैं। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भ्रष्टाचार र आर्थिक अनियमिततामा संलग्न जोकोहीलाई कानुन र विधिसम्मत ढंगले कारवाही हुनुपर्ने बताएका छन्।
एमाले ३१ नंवर वडा कमिटीले आइतबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका बोल्दै पोखरेलले अनियमितता गर्ने जोकोहीलाई छुट नहुने र कारवाही गनुपर्छ भन्नेमा एमाले दृढ रहेको बताए।
उनले केही कमजोरीलाई लिएर सामाजिक सद्भाव फैलाउने कोशिष भइरहेको भन्दै देशमा अराजकता फैलाउने र सद्भाव खलबलाउने छुट कसैलाई नभएको जिकिरे गरे।
सहकारी प्रकरणमा संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्दा भेदभाव भएको आरोप लगाउने गरेको उल्लेख गर्दै पोखरेलले कांग्रेस र एमालेका नेताहरुमाथि पनि प्रश्न उठे अनुसन्धानको दायरामा आउने स्पष्ट पारे
आगामी निर्वाचनमा कांग्रेस र एमालेबीच प्रतिष्पर्धा हुने भएपनि मुलुकमा संकट परेका बेला ठूला दलहरु एक हुनुपरेको उनले बताए।
पोखरेलले अराजक भीडले समाजलाई नियन्त्रण गर्न खोजे स्वीकार्य हुन नसक्ने उल्लेख गरे। पोखरेलले चाडपर्वहरू सामाजिक सद्भावका आधार रहेको उल्लेख गर्दै यस्ता चाडपर्वले सामाजिक सद्भाव र एकतालाई मजवुद बनाउने जिकिर गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment