नेप्सेमा ९ अंकको गिरावट, ४ अर्ब ७३ करोडको कारोबार
काठमाडौ। आइतबार नेप्से परिसूचक ९ अंकले घटेको छ । आज नेप्से ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा बन्द भएको छ।
आज कुल ३२० कम्पनीका एक करोड ११ लाख ३४ हजार १७८ कित्ता शेयर किनबेच हुदा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा बढी लाइफ इन्सुरेन्स कर्पोरेसन, रिभर फल्स पावर र माइ खोला हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै आज सबैभन्दा बढी एसबीआई बैंकको शेयर मुल्य ६.७९ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबैभन्दा बढी आइसीएफसी फाइनान्सको ३२ करोड ६४ लाख ८५ हजार बराबरको कारोबार भएको छ भने कुमारी बैंकको प्रमोटर शेयरसबै भन्दा बढी ६ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment