गाजाको एक विद्यालय र विस्थापितहरूको शिविरमा इजरायलको आक्रमण

डिसी नेपाल
१३ कार्तिक २०८१ १२:०२
36
Shares

काठमाडौं । हमासले गाजाको एक विद्यालयभित्र विस्थापित घरबारविहीनहरूका लागि बनाइएको आश्रयस्थलमा इजरायली आक्रमणमा धेरै व्यक्तिको मृत्यु भएको बताएको छ।

यद्यपी आक्रमणमा परी मृत्यु हुनेको यकिन संख्याको विवरण भने प्राप्त भएको छैन ।

गाजामा हमासको नागरिक सुरक्षा एजेन्सीले मेसेजिङ एप टेलिग्राममा एक सन्देश जारी गर्दै आक्रमणमा मारिएका र घाइतेमध्ये धेरैको खोजी भइरहेको बताएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी वाफा र समाचार एजेन्सी रोयटर्सका अनुसार मारिनेमा तीन पत्रकार पनि थिए।

यसैबीच, संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले पनि उत्तरी गाजामा ठूलो मात्रामा भएको मृत्युप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले एक विज्ञप्तिमा भने कि गाजाका मानिसहरूले खाना र आश्रयको अभावको सामना गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *