रुसमा उत्तर कोरियाली सेना तैनाथ गर्ने विषयमा नेटोले के भन्यो ?

डिसी नेपाल
१३ कार्तिक २०८१ १३:०८
132
Shares

काठमाडौं । उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ले पहिलो पटक उत्तर कोरियाली सैनिकहरू रसियाको कुर्स्कमा तैनाथ गरेको बताएको छ।

नाटोका महासचिव मार्क रुटेले सोमबार दक्षिण कोरियाली सुरक्षा र रक्षा अधिकारीहरूसँगको भेटपछि धेरै हप्ताको गुप्तचर रिपोर्टहरूपछि आफूले यो कुरा गरिरहेको बताएका छन्।

गत हप्ता मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सेना रुस पुगेको दाबीलाई अस्वीकार गरेका थिए ।

हालै दक्षिण कोरियाको खुफिया एजेन्सीले उत्तर कोरियाका १५ सय सैनिक रुस पुगेको बताएको थियो ।

युक्रेनी सेनाका धेरै गुप्तचर रिपोर्टहरूले पनि उत्तर कोरियाले रुससँग घनिष्ठ सैन्य गठबन्धनको तयारी गरिरहेको दाबी गरेको छ।

रुस र युक्रेनबीच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध चलिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *