कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख

डिसी नेपाल
१३ कार्तिक २०८१ १६:४६
128
Shares

काठमाडौँ । लेबनानको सशस्त्र समूह हिजबुल्लाहले नइम कासिमलाई आफ्नो नयाँ प्रमुखमा चयन गरेको छ ।

यसअघि उनी समूहको उपमहासचिव थिए । यसका नेता हसन नसरल्लाह लेबनानको बेरुतमा इजरायली हवाई आक्रमणमा मारिएका थिए ।

हिजबुल्लाहको सिनियर काउन्सिलले नइमलाई नयाँ प्रमुख चयन गरेको हो ।

हालै इजरायलले हिजबुल्लाहका धेरै वरिष्ठ नेताहरूलाई मारेको छ । हसन नसरल्लाहपछि उनको उत्तराधिकारी मानिने हाशिम सफीद्दीन पनि इजरायली आक्रमणमा मारिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *