टिकटकका मालिकको सम्पत्तिमा ठूलो उछाल, चीनको सबैभन्दा धनी व्यक्ति बने
काठमाडौं । टिकटकको निर्माता बाइटडान्सका सह-संस्थापक झाङ यिमिङ चीनको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
हुरुन रिसर्च इन्स्टिच्युटले टिकटकका संस्थापक झाङ यिमिङको सम्पत्ति ४९.३ बिलियन डलर रहेको अनुमान गरेको छ, जुन २०२३ को तुलनामा ४३ प्रतिशतले बढी हो।
सोशल मिडिया प्लेटफर्म टिकटक धेरै देशहरूमा धेरै लोकप्रिय छ। तर, टिकटक भारतलगायत धेरै देशमा प्रतिबन्धित छ ।
अमेरिकामा धेरै दबाबको सामना गर्दा पनि बाइटडान्सले गत वर्षको तुलनामा विश्वभर ६० प्रतिशतभन्दा बढी नाफा कमाएको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment