अनेसास डिसी मेट्रो च्याप्टरको निर्वाचन नोभेम्बर १८ मा हुने

डिसी नेपाल
१४ कार्तिक २०८१ १७:४९
32
Shares

अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी मेट्रो च्याप्टरको नयाँ कार्यसमितिको निर्वाचन आगामी नोभेम्बर १८ तारिख सोमबार हुने भएको छ।

यही अक्टोबर १९ मा बसेको च्याप्टर कार्यसमितिको बैठकले अनेसास बिओटीका पूर्वसचिव शिव लामिछानेको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरी अनेसासको विधान, २०२१ अनुसार निर्वाचन सम्पन्न गर्न जिम्मेवारी दिएको छ।

निर्वाचन समितिमा परशु तिमल्सिना र पुष्पा घिमिरे सदस्य रहेका छन्। निर्वाचन समितिले मंगलबारकाे बैठकले आगामी नोभेम्बर १८ मा डिसी मेट्रो च्याप्टर कार्यसमितिको निर्वाचन गर्नका लागि निर्वाचनको कार्यतालिकासहित पहिलो सूचना सार्वजनिक गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *