तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटनको नयाँ अध्यक्ष हेमकला तामाङ
वाशिंगटन डिसी। अमेरिकाको राजधानी वाशिंगटन क्षेत्रको सकृय संस्था ‘तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटन’ को नयाँ अध्यक्ष पदमा हेमकला तामाङ चुनिएकी छिन्।
अक्टाेबर २७ आइतबार फेयरफ्याक्स भर्जिनियाको तन्दुरी नाइट्समा सम्पन्न संस्थाको बार्षिक साधारण सभाले संस्थाको नयाँ कार्यसमिति गठन गरेको हो। नयाँ कार्यसमितिकाे अध्यक्षमा हेमकला तामाङ, उपाध्यक्षामा देव लामा, सचिवमा आमोद घिसिङ चयन भएका छन्।

यसैगरी कोषाध्यक्षमा राज तामाङ बल, सांस्कृतिक सचिवमा ईश्वर तामाङ, सदस्यमा सूर्य लामा, सदस्य अमर तामाङ, सदस्यमा विष्णु लामा चयन भएका छन्। केही सदस्यहरू थप गरिने संस्थाको पूर्ब अध्यक्ष उत्तर लामाले बताए।
तामाङ संस्कृतिमार्फत अमेरिकामा नेपाल चिनाउन ‘तामाङ सोसाइटी अफ ग्रेटर वाशिंगटन’ सकृय छ। अमेरिकाका लागि पूर्व राजदूत हाल भारतकालागि नेपाली राजदूत डा. शंकर शर्माले जानाकारी गराए। नयाँ कार्यसमितिलाई डिसी नेपालको तर्फबाट हार्दिक बधाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment