स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो

डिसी नेपाल
१७ कार्तिक २०८१ १९:०५
52
Shares

भ्यालेन्सिया। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन्।

भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएसँगै प्रधानमन्त्री साञ्चेजले थप सेना र प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाउने घोषणा गरेका हुन्।

दशकौँ यताकै सबैभन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ।

सान्चेजले एक टेलिभिजन सम्बोधनमा यो विपत्ति युरोपमा यस शताब्दीको दोस्रो सबैभन्दा घातक बाढी भएको र राहत कार्यका लागि सुरक्षा बलमा ठूलो वृद्धि भएको घोषणा गरेका हुन्।

भ्यालेन्सिया क्षेत्रका नेताले थप पाँच हजार सैनिकका लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गरेको र थप सैनिक र प्रहरी तैनाथ गर्ने जानकारी दिएको सान्चेजले बताएका छन्।

उनले भने, ‘केही दिनदेखि खाद्यान्न, पानी र बिजुलीबाट बञ्चित भएका ध्वस्त शहर र गाउँहरूमा सुव्यवस्था पुनस्र्थापित गर्नु र सहायता वितरण गर्नु प्राथमिकताको विषय हो।’

अधिकारीहरू बाढी आउनुभन्दा पहिले चेतावनी प्रणालीको पर्याप्तताको कारण आलोचनामा परेका छन् भने केही पीडित बासिन्दाहरूले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको गुनासो गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *