नेपालले हङकङ सिक्सेसमा आज प्लेट सेमिफाइनल खेल्ने
काठमाडौं। नेपालले आज हङकङ सिक्सेसको प्लेट सेमिफाइनल खेल्ने भएको छ।
क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपालले आज प्लेट सेमिफाइनलमा युएईको सामना गर्ने भएको हो। युएई क्वाटरफाइनलमा बंगलादेशसँग पराजित भएको थियो। यो खेल नेपाली समय अनुसार बिहान १०:२० बजेदेखि शुरु हुँदै छ।
त्यस्तै अर्को प्लेट सेमिफाइनलमा आयोजक हङकङ र दक्षिण अफ्रिका खेल्ने भएका छन्। यो खेल बिहान ९: २० बजेदेखि शुरु हुने छ। प्लेट फाइनल आजै ३: २५ बजेदेखि हुने छ।
त्यस्तै प्रतियोगिताको सेमिफाइनलमा भने आज अस्ट्रेलिया र पाकिस्तान तथा श्रीलंका र बंगलादेश खेल्ने भएका छन्। त्यस्तै फाइनल खेल पनि आजै हुने छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment