डोनाल्ड ट्रम्पले भने– ‘अमेरिका कब्जा गरिएको देश बन्यो’

डिसी नेपाल
१८ कार्तिक २०८१ १२:५५
144
Shares

काठमाडौं । अमेरिकी चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई विशेष सन्देश दिएका छन् ।

आफ्नो सन्देशमा ट्रम्पले भनेका छन्, “अमेरिका अब एक कब्जा गरिएको देश हो, तर छिट्टै यो कब्जा गरिएको देश हुनेछैन।”

ट्रम्पले आफ्नो सम्बोधनमा भने, “जब तपाई जित्दै हुनुहुन्छ, तपाई एकदमै थोरै अन्तरले पनि हार्न सक्नुहुन्छ।”

यस सम्बोधनमा ट्रम्पले आफ्ना समर्थकहरूलाई जतिसक्दो चाँडो भोट गर्न अपिल पनि गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपतिले आफ्ना समर्थकहरूलाई भने, “नोभेम्बर ५ को चुनाव अमेरिकाको मुक्ति दिवस हुनेछ।”

ट्रम्पले आइतवार तीन र त्यसपछि सोमबार चार र्‍यालीलाई सम्बोधन गर्नेछन्। आइतवार ट्रम्पले पेन्सिल्भेनिया र जर्जियामा र्‍यालीलाई सम्बोधन गर्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *