बढ्यो सुनको मूल्य
काठमाडौं। आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ३ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ६८ हजार २ सयमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर तोलाको २०१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment