नेप्सेमा झिनो अंकको गिरावट

डिसी नेपाल
२१ कार्तिक २०८१ १६:४२
16
Shares

काठमाडौं धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ८८ अंकले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ विन्दुमा आएको छ।

आजको कारोबारमा सेन्सेटिभ परिसूचक शून्य दशमलव ८१ अंकले घटेर चार सय ७७ दशमलव १८ मा सीमित भएको छ। त्यस्तै, कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक उकालो लाग्दा आठ उपसमूहको ओरालो लागेको छ । कुल एक करोड १६ लाख आठ सय ६९ कित्ता शेयर रु पाँच अर्ब २२ करोड २४ लाख ८६ हजार आठ सय ५१ मा कारोबार भएको छ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै, बलेफी हाइड्रोपावर नौ दशमलव ९८, पिपुल्स हाइड्रोपावर कम्पनीको नौ दशमलव १२, समृद्धि फाइनान्स कम्पनीको आठ दशमलव ७९ र राप्ती हाइड्रोका लगानीकर्ताले सात दशमलव ८० प्रतिशतले कमाएका छन्।

आजको कारोबारमा नेपाल फाइनान्स आठ दशमलव २६ प्रतिशतले, कुथेली बुथेली हाइड्रोपावर आठ दशमलव २३, समाज लघुवित्त वित्तीय संस्था छ दशमवल २१, युनाइटेड मोदी हाइड्रोपावर चार दशमवल शून्य तीन र सुपर मादी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ५७ प्रतिशतले घटेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *