आज र भोलि सेयर बजार बन्द रहने
काठमाडौं। आज र भोलि सेयर बजार बन्द हुने भएको छ। छठ पर्वको अवसरमा सेयर बजार बन्द हुन लागेको हो।
सरकारले छठका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ।
आज बैंक तथा बीमा कम्पनीहरू पनि खुल्ने छैनन्। सेयर बजार भने शुक्रबार पनि बन्द रहनेछ। अब सेयर बजार आइतबारबाट मात्रै खुल्नेछ।
छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व मंगलबारदेखि सुरु भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment