फेरि बढ्यो सुनको मूल्य

डिसी नेपाल
२३ कार्तिक २०८१ १०:५०
400
Shares

काठमाडौं। आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा २ हजारले बढेर तोलाको एक लाख ६६ हजार ५ सयमा कारोबार भएको छ।

यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजार ५ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *