परिणाममुखी काम गर्न प्रतिबद्ध छु: स्वास्थ्यमन्त्री पौडेल

डिसी नेपाल
२४ कार्तिक २०८१ १८:२३
28
Shares

दमौली। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले परिणामुखी काम गर्नका लागि आफू प्रतिबद्ध भएर लागिरहेको बताएका छन्। नेपाली काँग्रेस शुक्लागण्डकी नगरसमितिले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले आफूले सय दिनसम्म मन्त्रालयबारे बुझ्न लागेको र अब परिणाममुखी काम गर्ने गरी खटिरहेको बताएका हुन्। मन्त्री पौडेलले भने, ‘आधारभूत विषयलाई समेटेर योजना बनाएका छौँ, अब त्यसलाई सूक्ष्मढंगबाट कार्यन्वयन गर्नेतर्फ अगाडि बढेका छौँ।’

एकैपटक अनुभूति हुने गरी परिणाम ल्याउन गाह्रो रहे पनि जनताको हितमा हुने गरी सरकारले काम गर्ने उनको भनाइ थियो।

अर्को प्रसंगमा मन्त्री पौडेलले पूराना पार्टीलाई गाली गरेर नयाँ हुन नसकिने जिकिर गरे। उनले नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोत तथा व्यवहार बीचमा तालमेल नमिल्दा समस्या भइरहेको धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *