पूर्व गृहमन्त्री लामिछानेलाई अदालत उपस्थित गराइयो

डिसी नेपाल
२५ कार्तिक २०८१ ११:२९
296
Shares

काठमाडौं। सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएको छ।

यसअघि थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले उनलाई चौथो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो।

सहकारी ठगी, संगठित अपराधलगायतका आरोपमा लामिछाने गत कार्तििक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

लामिछाने यसअघि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको बेलामा विभिन्न सहकारीबाट रकम ल्याउन र खर्च गर्नेमा उनको संलग्नता रहेको आरोप छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *